काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि सरकारले संघीय सदनमा पेस गरेको भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने बताएको छ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गरी भूमिसम्बन्धी अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।अहिलेकै अवस्थामा लोसपाले यस अध्यादेशलाई समर्थन गर्न नसक्ने बताएको छ। यसअघि जनता समाजवादी पार्टी, नेपालले पनि यस अध्यादेशलाई स्वीकार गर्न नसकिने बताइसकेको छ।
अध्यादेश पारितका लागि संसद्का दुवै सदनमा निर्णयार्थ पेस गरिएको छैन। प्रतिनिधिसभामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत छ। तर, राष्ट्रियसभामा जसपा नेपाल निर्णायक छ।