सोमवार, श्रावण २५ गते २०८३

एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५४८ संक्रमित थपिए

आइतवार , श्रावण २४, २०७८

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । लामो समयपछि एकदिन यति धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा २५४८ जना संक्रमित थपिएका छन् ।
यस अवधिमा दुई हजार २९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३५ हजार ४ सय ८५ जना संक्रिय संक्रमित रहेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार