काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट भट्टराईले नेत्र चापागाईंलाई हराउँदै विजयी भएको नेता रोशन पोखरेलले बताए।
अध्यक्षका लागि खसेको ८७३ मतमा बाबुरामले ८०२ मत ल्याउँदा नेत्रले ७१ मत मात्रै पाए। यद्यपी, मतबारे निर्वाचन आयोगले घोषणा गरेको छैन।