सोमवार, आश्विन १९ गते २०८३

ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेता पक्राउ

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात आक्रमण गर्ने विद्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियु सभापति कमल जोशी छन् ।

बिहीबार राति जोशीसहितको समूहले प्रहरी हवल्दार जगुलाल घर्ति र जवान नगेन्द्रराज विष्टमाथि ठमेलको छाया सेन्टर अगाडि आक्रमण गरेको थियो ।

घाइते प्रहरीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । नयाँ बानेश्वरबाट पक्राउ परेका जोशी विरुद्ध अभद्र व्यवहार मुद्दा चल्ने भएको छ ।

उनको समूहले गरेको आक्रमणबाट वरिष्ठ हवल्दार जगुलाल घर्तिको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार