सोमवार, आश्विन १९ गते २०८३

ओली सरकार संकटमा, महन्थ ठाकुरले दिए यस्तो धम्की

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारबाट बाहिरिने धम्की दिएका छन् ।  भूमी अध्यादेशका पक्षमा उभिन लोसपा नेपाललाई प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

तर, महन्थ ठाकुरले अध्यादेशका पक्षमा उभिनुभन्दा सरकारबाट बाहिरिने धम्की दिएका हुन् ।  उनले सरकार नैतिक संकटमा रहेको टिप्पणी गरे ।

सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीबाट सरकारमा गएका मन्त्री शरतसिंह भण्डारीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने पनि बताएका छन् । हाल ओली सरकार संकटमा छ । नेपाली कांग्रेसको सहमति बिना अध्यादेश ल्याएपछि ओलीसँग कांग्रेसका नेताहरु रुष्ट बनेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार