मंगलवार, आश्विन १३ गते २०८३

आइपिएल २२ मार्चदेखि हुँदै, उद्घाटन खेलमा कोलकाता र बैंगलोर भिड्ने

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)को १८ औं संस्करण अर्को महिनाबाट सुरु हुँदैछ। २२ मार्चमा हुने उद्घाटन खेलमा गत संस्करणको च्याम्पियन कोलकाता नाइटराइडर्सले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्ने छ। इडेन गार्डेनमै प्रतियोगिताको फाइनलसमेत हुनेछ।

क्रिकबजका अनुसार आइपिएलको पूरा सेड्युल १,२ दिनमा रिलिज गर्ने तयारी छ। कोलकाताले २०२४ मा सनराइजर्स हैदराबादलाई हराएर उपाधि जितेको थियो। हैदराबादमा यो पटक प्लेअफमा दुई खेल हुनेछन्।

१७ औं सिजनको उपविजेता बनेको हैदराबादले पनि आफ्नो आइपिएलको सुरुवात घरेलु मैदानबाटै गर्नेछ। २३ मार्चमा उसको सामना राजस्थान रोयल्ससँग हुनेछ। दुवै टिम अघिल्लो संस्करणमा क्वालिफायर २ मा भिडेका थिए। हैदराबादले रोयल्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो।

यो पटक बैगलोर आफ्नो नयाँ कप्तानका साथ मैदान उत्रिँदै छ। बैंगलोरले मध्यप्रदेशका रजत पाटीदारलाई १८ औं सिजनको कप्तान बनाएको छ। कोलकाता पनि यो पटक नयाँ कप्तानका साथ आइपिएल खेल्दै छ। गत संस्करणका कप्तान श्रेयस अय्यर यो पटक पञ्जाबबाट खेल्ने भएसँगै कोलकाताले पनि नयाँ कप्तान चुन्नेछ।

प्रतियोगिता १० टिमकव होम ग्राउन्ड बाहेक गुवाहाटी र धर्मशाला गरी १२ स्थानमा हुनेछ। आइपिएल इतिहासमा सर्वाधिक धेरै पटक च्याम्पियन चेन्नइ र मुम्बइ हुन् उनीहरुले समान ५(५ पटक उपाधि जितेका छन्।

आइपिएलको पहिलो संस्करण २००८ मा भएको थियो। जहाँ ८ टिम रहेका थिए। २०२२ देखि प्रतियोगितामा १० टिम सामेल गरिएको हो। दिल्ली, बैंगलोर, पञ्जाब तथा लखनउ अहिले सम्म उपाधि विहीन रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार