सोमवार, आश्विन १९ गते २०८३

त्रिदेशीय विद्युत ब्यापार सम्झौता नेपालका लागि कोशेढुंगा : अध्यक्ष प्रचण्ड

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र बंगलादेशसँग नेपालले गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन् ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँग शुक्रबार भएको भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रूपमा आफूले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत व्यापारको सहमति गरे स्मरण गरे ।

‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’, उनले भने, ‘हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायत देशलाई बिक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’

भारतहुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार