मंगलवार, आश्विन २७ गते २०८३

रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने ३५ वर्षीय गोविन्द थापा र २८ वर्षीय अजय थापा रहेका छन् ।

उनीहरूलाई प्रहरीले हिजो साँझ पक्राउ गरेका थियो । प्रहरीका अनुसार गोविन्द र अजयले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार