मंगलवार, आश्विन २७ गते २०८३

बारामा सुधार केन्द्रभित्र कुटिएका एक युवकको मृत्यु

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका-१ भवानीपुरस्थित नव जन्म पुन स्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार गएराति भएको कुटपिटका क्रममा कलैया उपमहानगरपालिका-९ का धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डलको निधन भएको हो । सुधार केन्द्रमा राति २ बजे कुटपिट भएको थियो ।

महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया-१ का २४ वर्षीय अरुण सरार्फ, सोही ठाउँका १९ वर्षीय सागर गुप्ता, कलैया-२ का २१ वर्षीय प्रमेश्वर साह, कलैया-३ का २९ वर्षीय तमन्ना अली, सोही ठाउँका १९ वर्षीय सरफराज मन्सुरी, कलैया-४ का २२ वर्षीय निरज सरार्फ र कलैया-६ का २० वर्षीय राहुल भनिने महमद आँशु मिया रहेका छन् ।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी तामाङले बताएका छन् । एसपी तामाङका अनुसार कुटपिटपछि घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो । त्यहाँ नै चिकित्सकले उनको मृत्यु घोषणा गरेको बताएका छन् । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार