सोमवार, आश्विन १९ गते २०८३

निजामती सेवाको नाम परिवर्तन गर्न सांसद हितराज पाण्डेको प्रस्ताव

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवाको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सारेका छन् । आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

निजामति सेवाको नाम मन नपराउनेहरु पनि रहेको भन्दै यसको नाम सार्वजनिक सेवा राख्नुपर्ने प्रस्ताव उनले गरेका हुन् । ‘निजामती सेवाको दुई वटा कुरा गम्भीर लागेको छ । यो निजामती नाम कसैलाई पनि मन परेको छैन । यो नाम किन राख्ने ?,’ उनले ‘यसलाई सार्वजनिक सेवा भनौ वा अरु केही भनौँ । अरुनै नाम राखौँ भनेर छलफल गरेको बेकार भयो, संविधानमा जे छ त्यही राख्ने भनेर ।’

नाम परिवर्तनका लागि धेरै छलफलहरू भएपनि संविधानमा व्यवस्था भए बमोजिम नै निजामति सेवा राख्ने भनेर समय मात्रै खेर फालेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भने, ‘श्रेणी र तहका बारेमा पनि धेरै छलफल भयो तर संविधान अनुसार गर्न त्यो पढेर आउनुपर्छ, त्यो सकिँदैन । बेकारमा समय गइरहेको छ, ।’ समितिमा निजामती सेवासम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार