सोमवार, आश्विन १९ गते २०८३

प्रहरी कुट्ने अनेरास्ववियुका नेता जोशीलाई ८ दिनको म्याद थप

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौँ । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई ८ दिनको म्याद थप भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ८ दिन हिरासतमा राखेर जोशीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

बिहीबार नयाँ बानेश्वरबाट पक्राउ परेका जोशीलाई  काठमाडौँ प्रशासनले अभद्र व्यवहारको कसुरमा ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार