आइतवार, श्रावण २४ गते २०८३

संकटमा पनि नझुक्ने ओली, मोदीको इसारामा मधेसी दल, सरकार ढल्ने सम्भावना !

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौँ । संकटमा पनि नझुक्ने प्रघानमन्त्री केपी शर्मा ओलीको बानीले बालुवाटारबाट बालकोटको यात्रा तय हुने भएको छ । भूमी अध्यादेश कांग्रेसलाई नसोधि ल्याएपछि ओलीसँग कांग्रेसका सभापति शेरबहादुर देउवा निकै चिडिएका छन् ।

देउवाको इसारामा चल्ने लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले समेत सरकार छाड्ने धम्की दिएका छन् । ठाकुरलाई धम्की दिन लगाउनेमा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हात रहेको अनुमान गरिएको छ ।

किन की महन्थ ठाकुर भनेका देउवाको दाइने हात हुन् । देउवाले उठ भने उठ्ने, बस भने बस्ने वाला हुन महन्थ । तर, यीनै महन्थलाई प्रधानमन्त्री ओलीले भूमी अध्यादेशको पक्षमा उभिन आग्रह गरेपछि म त सरकार छाड्छु भन्दै घुर्की लगाइरहेका छन् ।

अर्कोतर्फ ओली प्रधानमन्त्री बनेको भारतलाई फिटिक्कै मन परेको छैन । भारतले पनि मधेसी दललाई प्रयोग गरेर सरकार ढाल्ने खेल खेलिरहेको छ । पटक पटक मधेसी दल भारतको इसारामा चलेको आरोप लाग्दै आएको छ । यस पटक पनि उक्त आरोप लागेको हो । त्यस्तै नेपालको सत्ता परिवर्तनमा बाह्य शक्तिको पनि ठुलै हात रहने गरेको स्वयम राजनीतिक दलका नेताहरुले नै बताउने गर्छन् । 

अर्को मधेसी दल जनता समाजवादी पार्टी, नेपालले पनि यस अध्यादेशलाई स्वीकार गर्न नसकिने बताएको छ। यसको पछाडी भारतको हात रहेको टिकाटिप्पणी भइरहेका छन् । तर, ओलीको अडान के छ की सरकार ढले ढलोस् आफू भने कुनै पनि हालतमा झुक्दैँन । यो ओलीको स्वभाव नै हो ।

ओली नत दुश्मनसँग झुक्छन् नत आफ्नासँग । तर, ओलीको यो बानीले यस पटक भने आफ्नै लागि भारि हुने देखिन्छ । गत असार २८ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै प्रधानमन्त्री बनेका ओली अब भने बालकोट पुग्ने लगभग पक्कापक्की नै जस्तो छ । अब पनि ओली नझुके सरकार ढल्ने निश्चित नै हो ।

खटपटका कारण अध्यादेश पारितका लागि संसद्का दुवै सदनमा निर्णयार्थ पेस गरिएको छैन। प्रतिनिधिसभामा‍ सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत छ। तर, राष्ट्रियसभामा जसपा नेपाल निर्णायक छ। अब हेर्न बाँकी यो मात्रै छ की ओली अध्यादेश फिर्ता लिन्छन् या सरकार ढल्न दिन्छन् ?

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार