बुधवार, आश्विन १४ गते २०८३

कोरियाको बन्दरगाह शहरमा आगलागी, ६ को मृत्यु

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौँ  । दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रवार एक निर्माण स्थलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । साथै सात जना घाइते भएको धेरै सञ्चारमाध्यमहरूले जनाएका छन् । 

राजधानी सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटल निर्माण स्थलमा आगलागी भएको थियो । निर्माण स्थलमा रहेका करिव १०० कामदारहरूलाई बाहिर निकालिएको थियो भने छतमा भागेका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

पहिलो तल्लामा रहेको स्विमिङ पुल नजिकै इन्सुलेशन सामग्री लोड गरिएको कारणले आगलागी सुरु भएको बताइएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले १२७ दमकल इन्जिन र ३५२ दमकलकर्मीहरूलाई घटनास्थलमा पठाएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार