काठमाडौँ । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बसिरहेको छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक बसेको हो ।
सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
यसअघि शनिबार सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेका थिए ।