सोमवार, आश्विन १९ गते २०८३

घाइते भएका अर्थमन्त्री पौडेलसँग राष्ट्रपतिको भेट

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् । 

राष्ट्रपति पौडेलले आज अस्पताल पुगेर अर्थमन्त्री पौडेललाई भेटेका हुन् । हिजो पोखरा भ्रमण वर्ष २०२५ को  उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र  पोखरा महानगरपालिका मेयर  धनराज आचार्य गम्भीर घाइते भएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार