काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरू काठमाडौं बाहिर रहेकाले अध्यादेश अघि बढाउन थप केही दिन समय चाहिएको बताएका छन् ।
‘सांसदहरू बाहिर गएका छन् । यसकारण छोटो समयमा अध्यादेशलाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने गरी लैजान गाह्रो हुने गर्दछ, । आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका छन् । आज बिहान सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा बसेको हो । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा अध्यादेश अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो । छलफलपछि पत्रकारहरूले फागुन ६ गते अध्यादेश निर्णयार्थ पेस गर्ने सरकारको तयारीबारे प्रश्न गरेका थिए ।
जवाफमा उनले सरकारको तर्फबाट त्यस्तो प्रस्ताव आएको भएता पनि सांसदहरू काठमाडौं बाहिर रहेकाले त्यो सम्भव नरहेको बताएका छन् । ‘अध्यादेश अगाडि बढाउन हामीलाई कम्तिमा एक हप्ता दश दिनको समय चाहिन्छ । सांसदहरूलाई जम्मा गर्नुपर्यो । अहिले कुम्भ मेला चलिरहेको छ । धेरै सांसदहरू कुम्भ मेलातिर लाग्नुभएको छ । कतिपय सांसदहरू काठमाडौं बाहिर हुनुहुन्छ । तिनीहरूलाई जम्मा गर्न, पूर्वसूचना दिन समय चाहिने उनको भनाई रहेको छ, ।’ यसकारणले फागुन ६ गते नै अध्यादेश अगाडि बढाउन सक्ने वतावरण बनेको छैन उनले भने ।
प्रतिनिधि सभाको बैठक आइतबार, सोमबार र मंगलबार बस्दैछ । त्यसपछि अर्को बैठक फागुन ११ गते बस्ने संसदीय क्यालेन्डर रहेको छ । उनले ११ गते पछाडिको सेडुयलमा अध्यादेश अगाडि बढाइने बताएका छन् ।