आइतबार दशरथ रंगशालामा खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान सुब्बाले तयारी राम्रो रहे पनि अब त्यसलाई मैदानमा प्रमाणित गर्नु पर्ने बताइन्।
‘सहभागी हुने सबै टिम बलिया छन्। हाम्रो पनि तयारी राम्रो छ। तर हामीले जित्छौँ भनेर भन्नु भन्दा पनि अब मैदानमा प्रमाणित गरेर देखाउनपर्छ, देखाउँछौँ। हामी आफ्नो-आफ्नो ठाउँबाट राम्रो गर्छौँ’, कप्तान एन्जिलाले भनिन्।
नेपालले सोमबार किर्गिस्तानसँग पहिलो खेल खेल्दैछ। १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र किर्गिस्तानसँगै, म्यानमार र लेवनान पनि सहभागी हुनेछन्। सबै टोली नेपाल आइसकेका छन्।