बुधवार, आश्विन १४ गते २०८३

इजरायली हवाई आक्रमणबाट गाजामा तीन प्रहरी अधिकारीको मृत्यु

आइतवार , फाल्गुण ४, २०८१

जेरुसेलम । गाजा पट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ताले दक्षिणी गाजामा ड्रोनद्वारा गरिएको आक्रमणले सशस्त्र व्यक्तिहरूलाई निशाना बनाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्यालेस्टाइनको आन्तरिक तथा राष्ट्रिय सुरक्षा मन्त्रालयले रफाहको पूर्वमा अल–शौका क्षेत्रमा मानवीय सहायता पुर्‍याउने क्रममा अधिकारीहरूमाथि आक्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । साथै, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूलाई इजरायललाई पुलिस बलहरूमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार