आइतवार, श्रावण २४ गते २०८३

एकैदिन नेपाल र भारतमा घटेका यी दुई घटना, सबै परे चकित

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौँ । नेपाल र भारतमा एकैदिन सबैलाई चकित पार्ने घटना घटेपछि सबै चकित परेका छन् । नेपालमा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र मेयर घाइते भएका छन् भने, भारतमा रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ ।

हिजो पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य गम्भीर घाइते भए ।

पौडेल र आर्याय सुरुमा बेलुन पड्किएर घाइते भए भन्दा कसैलाई पत्यार लागेन । तर, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका तस्बीर सार्वजनीक भए त्यसपछि भने सबै चकित परे । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको उपचार भइरहेको छ ।

अस्पतालले मन्त्री पौडेल र मेयर आचार्यको ५ देखि ६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गरिरहेको जानकारी दिएको छ ।

अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था बारेमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल पुगेर जानकारी दिएका छन् । 

उता भारतको राजधानी दिल्लीस्थित नई दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भागदौडमा परि २५ जना घाइते भएका छन् । एकजना प्रत्यक्षदर्शी मनोरञ्जन झाले भने, ‘म राती ९ः१५ बजे स्टेशनमा आएँ। म आउँदा रेलवे स्टेशनमा ठूलो भिड थियो। मेरी आमा पनि बल्लबल्ल बच्नु भयो। हामी बाँच्यौँ।’

नेपाल र भारतमा एकैदिन घटेका यी दुई घटनाले सबैलाई चकित पारेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार