आइतवार, श्रावण २४ गते २०८३

अर्थमन्त्री विष्णु पौडेल आज डिस्चार्ज हुँदै, मेयर आचार्यको केही दिन उपचार गरिने

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने केही दिन अस्पतालमै रहने छन् ।

मन्त्री पौडेलको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेका कारण सोमबार नै उनलाई डिस्चार्ज गर्ने निर्णय अस्पतालले गरेको हो । मेयर आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने बताएका छन् । संक्रमणको जोखिम कम गर्न हाललाई मेयर आचार्यसँगको भेटघाट भने बन्द गरिएको अस्पतालले जनाएको छ । 

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार अस्पतालले डिस्चार्जको निर्णय गरिसकेको जानकारी दिएको छ तर घर फर्किने समय भने निश्चित भएको छैन । शनिबार पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पा आगोको झिल्कोमा परी विष्फोट हुँदा प्रमुख अतिथि पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

उनीहरुलाई सोही दिन नै हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार