सोमवार, आश्विन १९ गते २०८३

रास्वपाकी सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठक छाडेर किन हिँडिन् ?

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छन् । आकस्मिक समयमा बोल्न सभामुखसँग श्रेष्ठले समय मागे पनि दिएनन् ।

सभामुखले बोल्न समय नदिएपछि सांसद श्रेष्ठ बैठक छाडेर गएकी हुन् । आकस्मिक समय दलीय आधारमा पहिले नै सहमतिका आधारमा तय गरिएको हुन्छ । तर पछिल्लो समय रास्वपा सांसदहरुले अत्तो थापेर सबै बोल्न खोज्दा संसदको मर्यादामा आँच पुगेको टिप्पणी संसद सचिवालयका अधिकारीहरुले गरेका छन् । जे गरेर पनि चर्चामा आउन पूर्वमन्त्री जस्तो व्यक्तिले स्टन्टबाजी गरेर सदनको कारवाही छाड्नु गलत रहेको उनीहरुको भनाइ रहेको छ । सभामुखले पटकपटक समय लिएर बोल्न पाइने भन्दै नियमावली सम्झाए तर उनी मान्न तयार भइनन् ।

आज रास्वपाबाट आकस्मिक समयमा मनिष झा बोलेका थिए । आकस्मिक समय सकिएर सुन्य समय सुरु हुन लाग्दा उठेर टेबल ठटाएकी श्रेष्ठले सभामुखको रुलिङ अश्वीकार गर्दै औंला ठड्याएर आक्रोश व्यक्त गरेकी छन् । तर सभामुखले समय नदिएपछि उनी बाहिरिएकी थिइन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार