बुधवार, आश्विन १४ गते २०८३

भारतमा बी-टेक पढिरहेकी नेपाली विद्यार्थी मृत भेटिइन्

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।

पीटीआईका अनुसार कलेजले विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । ‘बी-टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थी हिजो मृत भेटिएकी हुन्, ।’ विज्ञप्तिमा उल्लेख छ, ‘उनी कलेजकै अर्का विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ । मृत विद्यार्थीले कारणवश आत्महत्या गरेको हुनसक्छ ।’ कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरेको थियो ।

उनको मृत्युपछि सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले प्रदर्शन समेत गरेको जनाइएको छ । प्रदर्शन बढ्दै गएपछि कलेजमा प्रहरी परिचालन गरेर स्थितिलाई साम्य पारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लम्सालको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ ।

यो घटनापछि कलेजमा पढिरहेका नेपाली विद्यार्थीहरुसँग प्रशासनले छलफल गरेको छ । उनीहरुलाई परिस्थिति सामान्य नभएसम्म बिदा बस्न भनिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार