मंगलवार, आश्विन १३ गते २०८३

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

मंगलवार , फाल्गुण ६, २०८१

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगाको स्थानमा उक्लिएको छ ।

रायो भालोसानोलाई सोमवार १-० ले पराजित गरेको बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरे । उनले २८औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो।

जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियलको पनि ५१ अंक भएपनि गोलअन्तरको पछि पर्यो

समान खेलबाट ५० अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ । भालोसानो २४ खेलमा ३५ अंकका साथ छैठौं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार