सोमवार, आश्विन १९ गते २०८३

प्रकृति लम्सालका लागि न्यायको माग गर्दै नेविसंघले दबाबमूलक प्रदर्शन (तस्बिरहरु)

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै नेविसंघले दबाबमूलक प्रदर्शन गरेको छ ।

pardarshan.jpg

पद्मा कन्या क्याम्पसमा अध्ययनरत नेविसंघका नेता कार्यकर्ताले न्यायको पक्षमा बागबजारमा प्रदर्शन गरेका छन् । पद्मकन्याका विद्यार्थीहरुले ‘जटिस्स फर प्रकृति लम्साल’, ‘बोल्न देउ सरकार’, ‘सुरक्षा अधिकार हो, विशेष अधिकार होइन’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका हुन् ।

pardarsan (1).jpg

बुटबल घर भएकी २० वर्षीय लम्सालको आइतबार मृत्यु भएको थियो । सोही कलेजमा अध्ययनरत विद्यार्थीले मानसिक यातनाका कारणले लम्सालको मृत्यु भएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।

pardarsan (2).jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार