काठमाडौं । ललितपुर महानगरपालिका-१९ लगनखेलमा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर रहेका छन् ।
प्रहरीका अनुसार मानन्धर लगनखेलमा राजु अवाले नाम गरेका व्यक्तिले सञ्चालन गरेको भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए ।
उनी उक्त घरको पाँचौ तलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।