मंगलवार, आश्विन १३ गते २०८३

युगाण्डासँगको खेलका लागि प्रारम्भिक महिला टोली घोषणा

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युगाण्डासँगको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक महिला टोली घोषणा गरेको छ। क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि इन्दु बर्माको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ६ देखि १७ सम्म युगाण्डामा सञ्चालन हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाइएका हुन्।

१८ जना खेलाडीमा कप्तान इन्दु बर्मा, रचनाकुमारी चौधरी, राजमती ऐरी, अलिसाकुमारी यादव, सबनम राई, सना प्रवीन, रुबिना क्षेत्री, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, रिया शर्मा, सम्झनाकुमारी खड्का, पुजा महतो, विन्दु रावल, मनिषाकुमारी उपाध्याय, शोभा रोकाय र सीमाना केसी छन्।

टोलीमा यू १९ विश्वकप खेलेका तीन नयाँ खेलाडी सना प्रवीन, रिया शर्मा र सीमाना केसी छन्। रचना, राजमती, अलिसा र मनिषाले केही साताअघि काठमाडौंमै भएको महिला टी २०आई शृंखलामार्फत राष्ट्रिय टोलीका लागि डेब्यू गरिसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार