काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि एक सय भन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् ।
रक्सौल नाकाबाट अहिलेसम्म ९६ जना नेपाल फर्किएको प्रहरीले जनाएको छ । बिहानदेखि अहिलेसम्म ९६ जना वीरगन्ज पुगिसकेका छन् । प्रहरीले बारा, रौतहट र पर्सास्थित उनीहरूको घरसम्मा जान सहजीकरण गरेको छ । काँकडभिट्टा नाका र विराटनगर हुँदै विद्यार्थीहरू फर्किरहेका छन् । विराटनगरमा आएर ५ जना विद्यार्थीले आफूहरू स्वदेश फर्किएको जानकारी गराएको प्रहरी जनाएको छ ।
उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपालबाट अध्ययन गर्न गएकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । विश्वविद्यालय प्रशासनले नेपाल विद्यार्थीहरुलाई इमेल गरेर फर्किन आग्रह गरेको विद्यार्थीहरूले बताए ।