सोमवार, आश्विन १९ गते २०८३

बालेन शाह भन्छन्- चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् ।

आज काठमाडौं महानगरपालिका-७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो बताएका थिए । मेयर शाहले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताएका छन् । मेयर शाहले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्‍याउने बताएका छन् ।

उनले भने, ‘विद्यार्थीले धेरै समय स्कुलमा बिताइरहेका हुन्छन् । पढाईबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्ने हुन्छ । त्यसको लागि पेन्टिङ र आर्टहरु पनि एउटा माध्यम हो । त्यसले खालि समयमा नकारात्मक कुराहरुप्रति आकर्षित हुने कुरालाई रोक्ने गर्दछ । पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापमा सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छन् तर विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ । पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने काम गर्छ । यसले सिर्जनशीलता बढ्दै जाँदा अरु काम समेत राम्रो हुँदै जान्छ ।’

मेयर शाहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको बताएका छन् । प्रथम मेयर सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरेका छन् । महानगरले विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा सहभागि गराउन विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आएको मेयर शाहले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार