काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीतिमा २००७ सालपछिको ६० वर्ष राजाको शासक बन्ने आकांक्षा र माओवादीको अनावश्यक हिंसाका कारण देशले दुःख पाएको टिप्पणी गरेका छन् ।
एमालेले हिंसा शब्द प्रयोग गर्दा माओवादीले आपत्ति जनाइरहेका बेला कांग्रेस महामन्त्रीले पनि माओवादी हिंसाका कारण देशको प्रगति २० वर्ष पछि परेको बताएका हुन् ।
पाल्पाको पुर्वखोलामा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर प्रजातन्त्र हरण गर्नाले ३० वर्ष देश पछि परेको बताए ।
‘एकातिर त्यसरी हामीले ३० वर्ष संघर्षमा बितायौं । अर्कोतिर प्रजातन्त्र स्थापना हुनासाथ माओवादीले जनयुद्धका नाममा थोपरेको हिंसाले गर्दा देश बिसौं वर्ष पछि परेको यथार्थ हो ।’, उनले भने ।