काठमाडौं । पाकिस्तानमा सुरु भएको नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दोस्रो खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्दै छन् ।
भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ ।
समूह ए अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो ।
मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।