सोमवार, आश्विन १९ गते २०८३

कांग्रेस सभापति देउवाको भारत भ्रमण किन स्थगित भयो ? 

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । इण्डिया फाउण्डेसनले उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन सभापति देउवा आज भारत जाने तयारीमा थिए ।

यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । महाकुम्भमा सहभागी हुन जाँदा देउवाले केही राजनीतिक भेटघाट समेत गर्ने तयारी थियो । उक्त कार्यक्रममा विभिन्न देशका डेढ दर्जनभन्दा बढी वक्ता तय भएका थिए ।

भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन् । हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्व प्रधानमन्त्री कुम्ब ग्लोबल समिट कार्यक्रममा आउँदै छन् भन्ने प्रचारप्रसार गरेका थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार