सोमवार, आश्विन १९ गते २०८३

प्रचण्डको चुनौती : २०८४ सालको चुनावमा कांग्रेस र एमालेले गठबन्धन गरुन्

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् ।

आज पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन‍् । भेलामा उनले भने, ‘संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ । संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ । तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो । हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।’

भेलामा प्रचण्डले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिएका छन् । उनले, ‘अहिले कांग्रेस र एमालेको गठबन्धन छ । उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन भएको छ । उनीहरूले २०८४ मा पनि गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु- उनीहरू मिलून् । हामी एक्लै जनतामा जान्छौँ । हामी जनताको तागतमा विश्वास गर्छौँ । जनतालाई मेरो अपील छ- तपाईँहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।’

भेलामा अध्यक्ष प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताएका छन् । उनले, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ । बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भएको छ । अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ । यसमा दह्रोसँग उभिन्छौँ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार