काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभा जाने भएकी छन् । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५८ औं उच्चस्तरीय बैठकमा सहभागी हुन राणा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुसँगै शनिवार त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन् ।
जेनेभामा राणाले अन्तर्राष्ट्रिय सन्स्थाका अधिकारीहरुसग भेटघाट गर्ने तथा सन २०२७ बाट २०२९ सम्मको कार्यकालको लागि मानव अधिकार परिषद सदस्यता दिन लागेको नेपाललाई सहयोग माग्नेछिन् ।
जेनेभा पुगेका अरु देशका समकक्षीसग भेट पनि हुने बताइएको छ । तर कुन कुन देशका समकक्षी भनेर अहिले परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।