वासिङटन डिसी । अमेरिकी शहर पेन्सिलभेनियाको यूपीएम्सी मेमोरियल अस्पतालको आईसीयूमा भएको गोलीबारीमा एक प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ भने ३ जना स्वास्थ्यकर्मीसहित ५ जना घाइते भएका छन्।
एक व्यक्तिले अस्पतालको आईसीयूमा प्रवेश गरेर गोली चलाएको छ। आक्रमणकारी ह्यान्डगन र झोला लिएर अस्पतालमा प्रवेश गरेका थिए।
आक्रमणकारी सिधै आईसीयूमा गएर गोली चलाएका थिए। गोली लागेर एक डाक्टर र एक नर्ससहित तीन कर्मचारी घाइते भएका छन्।