काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन् । आज प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै न्यौपानेले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरेकी हुन् ।
न्यौपानेले भनिन्, ‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस् ।’
पूर्वराजाका समर्थकहरुलाई पनि यही बाटो अवलम्बन गर्न न्यौपानेले आह्वान गरेकी छन् ।