मंगलवार, आश्विन १३ गते २०८३

नेपाल र म्यानमारबीचको पहिलो हाफ रोमाञ्चक बराबरीमा

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौँ । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको जारी खेलमा पहिलो हाफमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् ।

म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए ।

नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो  । फाइनलमा पुगिसकेका नेपाल र म्यान्मारबीचको यो खेल दुवैका लागि फाइनल अघिको रिहर्सल खेल हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार