मंगलवार, आश्विन १३ गते २०८३

च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र न्यूजील्याण्ड खेल्दै

सोमवार , फाल्गुण १२, २०८१

काठमाडाैं । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह ए का बंगलादेश र न्यूजील्याण्ड खेल्दै छन् ।

पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २:४५ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा न्यूजील्याण्डले पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

न्यूजील्याण्डले यस खेलमा बंगलादेशलाई पराजित गरेमा सेमिफाइनलमा पुग्ने छ । अर्कोतर्फ बंगलादेश भने पहिलो खेलमा भारतसँग हार बेहोरेपछि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा पुगेको छ ।

समुह ए मा भारतले २ खेलमा जित हासिल गरेर सेमिफाइनलमा लगभग पुगेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले आफ्ना दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार