सोमवार, आश्विन १९ गते २०८३

बालुवाटारमा आज मन्त्रिपरिषद्को बैठक बस्दै

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयहरूमा छलफलसहितको नियमित बैठक बोलाएका हुन् । ऊर्जा, जलस्रोत तथा  सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सरकारले संसद् सञ्चालन हुनुभन्दा अगावै विभिन्न ६ वटा अध्यादेशहरू ल्याएपनि ती अध्यादेशहरू संसद्‌मा पेश हुन सकेका छैनन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनका पक्षमा बहुमत नजुट्दा सरकारले अध्यादेशहरू पेश गर्न सकेको छैन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार