सोमवार, आश्विन १९ गते २०८३

जनार्दन शर्मा भन्छन्- पार्टी नेतृत्व नबदलिए जनताका आवाज नेतृत्व गर्न सकिँदैन

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको मूल नेतृत्व नबदलिएसम्म जनताका आवाज र आवश्यकता पूरा गर्न नसकिने बताएका छन् ।

आज झापाको कचनकवलमा आयोजित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको सभालाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । शर्माले आफूहरू जनताका कुरा सुन्न अभियान नै बनाएर अघि बढेको दाबी गरेका छन् । शर्माले भने, ‘हामी तपाईंहरूको कुरा सुन्न आएका छौं । हामीले केही कामहरू पार्टी निर्माणको सन्दर्भमा यी अधुरा कामहरू कसले पूरा गर्ने त ? माओवादी मात्रै त्यस्तो पार्टी हो त्यसले मात्र गर्न सक्छ, ।’ तर, त्यसका लागि केही सर्तहरू रहेको शर्माले बताएका छन् ।

‘तर केही सर्त छन् । बिनासर्त माओवादीले पनि गर्न सक्दैन । त्यो भनेको माओवादीले आफैंले आफैंलाई रुपान्तरण गर्नुछ,’ उनले भने, ‘नेतृत्वको टिमले आफैंले आफैंलाई बदल्नु छ । त्यो बदल्न सक्ने होइन भने जनताको यो आवाजको नेतृत्व गर्न सकदैनौं । जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं ।’ जनताका धेरै कुरा पूरा गर्नुपर्ने आवश्यकता रहेको दाबी गर्दै शर्माले पार्टी नेतृत्वको टिम नै बदलिनुपर्ने जनाएका छन् ।

‘जनताका धेरै कुरा पूरा गर्न बाँकी छन् । त्यसका लागि पहिले माओवादी पार्टी, माओवादी पार्टीको नेतृत्वको टिम बदलिनु पर्ने हुन्छ । यसले फेरि त्याग गर्न सक्नुपर्छ,’ शर्माले भने, ‘यदी लोभ र मोहमा फस्ने हो भने सक्दैन । त्यसकारण त्यागको शिक्षा लिन हामी तपाईंहरूकोमा आएका छौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार