काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.३५ अंकले बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो ।
सेयर बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोडको कारोबार भएको थियो । आज ११ अर्ब ८ करोडको कारोबार भएको छ । आज ९० कम्पनीको मूल्य बढ्दा १४५ वटा घटेका छन् भने ९ वटा अघिल्लो मूल्यमै कारोबार भइरहेका छन् ।
यीमध्ये गार्डियन माइक्रोलाइफको सेयर १० प्रतिशतले बढेको छ । यसबाहेक अन्य कम्पनीको ९.४७ प्रतिशतसम्म बढेको छ । धेरै घट्नेमा विन नेपाल लघुवित्त अगाडि रहेको छ । यस कम्पनीको १० प्रतिशतले मूल्य घटेको छ । कारोबारतर्फ आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भएको छ ।
त्यस्तै नेपाल पुनर्बीमाको ८० करोड ६७ लाखको कारोबार भएको छ । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोडको कारोबार भएको छ ।