आइतवार, श्रावण २४ गते २०८३

धेरै पढेर सकिएका स्वर्णिम वाग्लेमा सामान्य ज्ञानको कमी !

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद स्वर्णिम वाग्ले धेरै पढेर सकिएका नेताभित्र पर्दछन् । वाग्ले पछिल्लो समय सामान्य विषयमा पनि चुकिरहेका हुन्छन् ।  

माघ ६ गते प्रतिनिधिसभाको विशेष समयमा बोल्दा वाग्लेले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गरे । श्रद्धाञ्जली दिने क्रममा उनले गलत शब्द प्रयोग गरेका थिए ।

‘प्रकृति लम्सालको असामयिक निधन भएको’ भनेका उनले प्रकृतिप्रति श्रद्धाञ्जली प्रकट गर्नेक्रममा परिवारजन प्रति म र हाम्रो पार्टीबाट हार्दिक श्रद्धाञ्जली छ भन्दै श्रद्धाञ्जली प्रकट गरे । वाग्लले यस्तो भनेपछि उनको निकै आलोचना भइरहेको छ ।

यसभन्दा अघि पनि वाग्ले विवादमा तानिएका थिए । राष्ट्रिय गानको रचनाकार र संगीतकारको विषयमा वाग्लेले गलत सूचना प्रवाह गरेपछि उनको आलोचना भयो ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वाग्लेले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ लाई राष्ट्रकवि भनेका थिए । तर, राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे हुन् ।

त्यस्तै वाग्लेले राष्ट्रिय गान ‘सयौँ थुंगा’ मा गोपाल योन्जनले संगीत भरेको बताएका थिए । तर, राष्ट्रिय गानमा वरिष्ठ संगीतकार एवं संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति स्वर्गीय अम्बर गुरुङले संगीत भरेका हुन् ।

त्यस्तै वाग्लेले रास्वपाका सभापति रवि लामिछानेलाई कांग्रेसका स्व. महामानव नेताले परिचित विपीसँग तुलना गरेका थिए । उनका यी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै आलोचना भइरइरहेको छ । विश्वको उत्कृष्ट विश्वविद्यालयमा पढेर विश्वका प्रतिष्ठित संस्थाहरुमा काम गरेको व्यक्तिमा सामान्य ज्ञान नभएको भन्दै आलोचना भइरहेको छ । 

को हुन् स्वर्णिम वाग्ले ? 

डा. वाग्ले अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री हुन् । २०३१ सालमा गण्डकी प्रदेशको खोरखामा जन्मिएका वाग्लेले लण्डन स्कुल अफ इकनमिक्स (बेलायत) बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तराष्ट्रिय विकासमा स्नातकोत्तर र अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयबाट अर्थशास्त्रमा पी.एच.डी गरेका हुन् । 

सानैदेखि पढाईमा अब्बल वाग्ले विस २०४६ को एसएलसी परिक्षामा नेपालभर दोस्रो (बोर्ड सेकन्ड) भएका थिए । बिगत दुई दशक देखिनै नेपालभित्र र बाहिर सक्रिय डा. वाग्ले वि.स २०७७ देखि २०७९ सम्म राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यस्योर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए ।

त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं सदस्य थिए । त्यस्तै उनले २०७२ को महाभूकम्पपछि पुनर्निमाणका लागि क्षति आकलन गर्ने र उल्लेखनीय अन्तराष्ट्रिय सहयोग जुटाउने कार्यमा विशेष भूमिका खेलेका थिए । डा. वाग्ले नेपाल फर्किपछि नेपाली कांग्रेसमा लागेका थिए । विंस २०७९ र २०७४ को आम निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति र योजना, कार्यक्रम र वैचारिक विमर्शहरुमा उनको मुख्य भमिका रहेको थियो ।

लामो समयदेखि नेपाली कांग्रेसमा आवद्द रहेका वाग्ले गत निर्वाचनमा उम्मेदवार बन्ने प्रयत्न गरे । तर, नेपाली कांग्रेसले टिकट नदिएपछि वाग्ले कांग्रेस नेतृत्वसँग असन्तुष्ट बने । त्यसपछि गत बैशाखमा भएको उपनिर्वाचनमा रास्वपाले वाग्लेलाई उम्मेदवार बनायो ।  इलाम-२ बाट विजयी हुदैँ उनले संसदको यात्रा तय गरेका हुन् । त्यसबेला वाग्ले आफ्नो बलमा भन्दा पनि रविको क्रेजले उपनिर्वाचनमा विजय भएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार