सशस्त्र प्रहरी बलको ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले इन्स्पेक्टर विवेकविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो।
सोबमोजिम अनुसन्धानका लागि २३ नं.गण तनहुँमा कार्यरत इन्स्पेक्टर जोशीलाई सोमबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी वसन्त शर्माले जानकारी दिए।
उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सुदस्यीय छानबिन समिति पनि गठन गरिएको छ।