बिहिवार, आश्विन १५ गते २०८३

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, कायम भयो नयाँ रेकर्ड

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८ सय रुपैयाँ कायम भएको थियो । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । 

यस्तै मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको चाँदी मंगलबार १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार