बिहिवार, आश्विन १५ गते २०८३

मिटर ब्याज पीडित काठमाडौं आउने तयारीमा

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । मिटर ब्याज पीडितहरूले फेरि काठमाडौंमा आउने तयारी गरेका छन् । मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन नेपालले आर्थिक शोषण विरुद्ध जनजागरण अभियान अन्तर्गत यही फागुन २० गते सङ्घीय राजधानी काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमका लागि आउन लागेको मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन नेपालका एक सदस्यले बताएका छन् । अन्तरक्रिया कार्यक्रम ‘मिटर ब्याज अपराध: उन्मूलन राजनीतिक घोषणा कि कानुनी निकास’ भन्ने मूल शीर्षकमा केन्द्रित रहने जानकारी दिएका छन् । लामो समयदेखि मिटर ब्याजको समस्या बाट गुज्रिएका पीडितका समस्याको सम्बोधन हुने उक्त कार्यक्रमबाट अपेक्षा गरिएको र समस्या सम्बोधन नभए पुनः आन्दोलनमा उत्रिने उनले बताएका हुन् ।

‘उक्त कार्यक्रममा सरकार र ठुला राजनीतिक दलका नेताहरुलाई समेत आमन्त्रण गरिएको र मिटर ब्याज अपराधबाट सिर्जित समस्या समाधान गरी पीडितलाई न्याय दिने सम्बन्धमा ठोस निकास दिने अपेक्षा रहेको जनाएका छन्, । उक्त कार्यक्रमबाट कुनै निकास नआए फेरी बृहत् रूपमा आन्दोलनमा उत्रिने तयारी रहेको बताएका छन् ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार