बिहिवार, आश्विन १५ गते २०८३

७.१३ अंकले बढ्यो नेप्से, ९ अर्ब ९० करोडको कारोबार

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मंगलबार ७.१३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २७६५.८८ अंकमा पुगेको छ । 

आज बजार बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । आज १३२ कम्पनीको मूल्य घट्दा १०४ वटा बढेका छन् भने ९ वटा अघिल्लो मूल्यमै कारोबार भइरहेका छन् । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढ्दा बजारमा यस्तो प्रभाव देखिएको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको कारोबार भएको छ । अन्य समूह सबैभन्दा धेरै २.९ प्रतिशतले बढेका छन् ।

त्यस्तै उत्पादन ०.१८, जीवन बीमा ०.८१, लगानी ०.७७, होटल तथा पर्यटन ०.०५ र बैंकिङ सेक्टर ०.०२ प्रतिशतले बढेका छन् । विकास बैंक ०.१२, फाइनान्स ०.७१, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२८ र व्यापार समूह २.५१ प्रतिशतले घटेका छन् । दुई कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशतले बढेका छन् । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८.९६, भूगोल इनर्जीको ८.४१ तथा नेपाल पुनर्बीमाको मूल्य ६.२८ प्रतिशत बढेको छ ।

त्यस्तै विन नेपाल लघुवित्तको ८.९७, राप्ती हाइड्रोको ६.६८, रिलायन्स फाइनान्सको ४.६१, छ्याङ्दी हाइड्रोपावरको ४.१७ र बोटलर्स नेपाल बालाजुको मूल्य ४.०४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एचआईडीसीएल, एनआरएन इन्फ्रास्ट्रक्चर तथा सीईडीबी होल्डिङ्स अगाडि रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार