बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यमा सामान्य गिरावट

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।

यससँगै बुधवार छापावाल सुन तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । मंगलबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार