मंगलवार, आश्विन १३ गते २०८३

महिला च्याम्पियनशिपको फाइनलमा नेपाल र म्यानमार मैदानमा

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र म्यानमार भिडिरहेका छन् । दशरथ रंगशालाको मैदानमा भइरहेको खेल जितेर नेपालले इतिहास रच्न आतुर देखिएको छ । 

नेपाल अहिलेसम्म १३ ओटा प्रतियोगिताको फाइनलमा पुगेको भए पनि उपाधि भने जित्न सकेको छैन ।  यसपालि घरेलु मैदानमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर रहेको छ । तर आफूभन्दा निकै माथिको वरीयताको नेपाललाई जित्न सहज भने छैन । 

कीर्गिस्तान र लेबननसमेत रहेको प्रतियोगिताबाट दुवै टिम भने शीर्ष दुईमा पर्न नसक्दा फाइनल सम्भावनाबाट बाहिरिएका थिए ।नेपाल र म्यानमारले दुवै टिमलाई पराजित गर्दै फाइनलमा स्थानमा बनाएका हुन् । लिग चरणमा दुवै टिमले आपसमा २–२ गोलको बराबरी खेलेका थिए । 

सो बराबरीका कारण नेपालको मनोबल बढेको छ । म्यानमार फिफाको वरीयतामा ५५ औँ स्थानमा रहेको छ भने नेपाल १०३ औँ स्थानमा रहेको छ । 

दुई टिमबी आपसमा ५ खेल भएकामा ३ खेल म्यानमारले जितेको थियो भने २ खेलमा बराबरी भएको थियो । आजको खेलमा सावित्रा भण्डारी साम्बा, सविता राना मगर र रेखा पौडेलले फरवार्डको जिम्मेवारी सम्हालेका छन् । नेपाली टिममा अन्जिला सुब्बा गोलकिपर, समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, सरु लिम्बुसहित सबिता, सावित्रा र रश्मी रहेका छन् ।

उक्त खेलका लागि टिकट सबै बिक्री भएको छ । उक्त फाइनलको सबै टिकट बिक्री भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

यो खेलका लागि दर्शक पूरै भरिएका छन् । दर्शकहरु चार घण्टा अगाडिदेखि नै रंगशालामा आएका थिए । आज महाशिवरात्रिको सार्वजनिक बिदा भएका कारण पनि दर्शकको ओइरो लागेको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार