मंगलवार, आश्विन १३ गते २०८३

ट्रम्पको पहिलो क्याबिनेटमा मस्कले भने, ‘मलाई ज्यान मार्ने धम्की आयो’

बिहिवार , फाल्गुण १५, २०८१

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई ज्यान मार्ने धम्की आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार र सरकारी दक्षता विभागका प्रमुख समेत रहेका मस्कलाई ज्यान मार्ने धम्की आएको हो।

बुधबार ट्रम्प प्रशासनको पहिलो मन्त्रिपरिषद् बैठकमा सहभागी उनले यसबारेमा जानकारी गराएका हुन्। मस्क मन्त्रिपरिषद् बैठकमा बसेको विषयमा अमेरिकी मिडियाहरूमा प्रश्न उठिरहेका छन्। मस्क न त क्याबिनेट सदस्य हुन् न कुनै निर्वाचित अधिकारी नै।

यद्यपि उनले आफूलाई त्यहाँ ‘टेक सपोर्ट’को रूपमा बताएका छन्। बैठकमा उनले आफूलाई प्राविधिक सहयोगीको रूपमा परिचय दिँदै भने, ‘सरकारी कम्प्युटर प्रणाली सुधार गर्न सरकारी दक्षता विभागले कडा परिश्रम गरिरहेको छ।’

सोही क्रममा मस्कले आफूलाई यो कामका कारण ज्यान मार्ने धम्की आएको स्पष्ट पारेका हुन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार