काठमाडौं । बुधबार घटेको सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।
यससँगै आज छापावाल सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।