मंगलवार, आश्विन २७ गते २०८३

पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना विदेशी नागरिक पक्राउ

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।

बुधबार राति फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्वेकिस्तानका चार जना नागरिक ओर्लिएका थिए । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए । सुरक्षा स्रोतका अनुसार उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् ।

एसएसपी राठौरका अनुसार तीन महिलाले मलद्वारमा राखेर सुन ल्याएका थिए । उनले भने, ‘विमानस्थलको टर्मिनल गेटमा शंका लागेर चेकजाँच गर्दा सुन फेला परेको हो, ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार